logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट विश्वमा एकैदिन १३ हजार ७ सय ७० जनाको मृत्यु


अंकुरण खबर
897
Shares

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १३ हजार ७ सय ७० जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख २८ हजार ७ सय २ पुगेको छ ।

विश्वमा एकैदिन ५ लाख ६८ हजार ७ सय २ जनामा संक्रमण देखिएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ९२ लाख ९२ हजार ९ सय २ पुगेको छ ।

त्यस्तै, विश्वमा ७ करोड १३ लाख ४६ हजार ९ सय २१ जना संक्रमित उपचारपछि निको भएका छन् भने २ करोड ५८ लाख १७ हजार २ सय ७९ जना संक्रमित उपचाररत छन् ।