logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मालीमा विद्रोहीको आक्रमणमा ६ सैनिकको मृत्यु


अंकुरण खबर
832
Shares

मालीमा विद्रोहीको आक्रमणमा छ जना सैनिकको मृत्यु भएको छ ।

बुर्किना फासोको सीमा नजिकै भएको भिडन्तमा थप केही सैनिक घाइते भएका छन् । आक्रमणमा तीस भन्दा बढी बिद्रोहीको मृत्यु भएको दावी सेनाले गरेको छ ।

साथै सो स्थानबाट ठुलो संख्यामा विद्रोहीले युद्धमा प्रयोग गर्ने सामाग्री बरामद भएका छन् । इस्लाम र मुसलमान समुदायको बसोबास रहेको सो क्षेत्रमा समय समयमा जातीय हिंसा हुँदै आएको छ ।

सन् २०१२ देखि मालीमा राजनीतिक अस्थिरता कायमै छ । मालीमा विभिन्न जातीय समूहले सशस्त्र गतिविधि सञ्चालन गरिरहेका छन । एजेन्सी