logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी


अंकुरण खबर
1.053K
Shares

चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिएका छन् ।

विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न एकताको आवश्यक रहेको बताउँदै यस्तो समयमा शीतयुद्ध नगर्न चेतावनी दिएका हुन् ।

उनले शक्तिशाली मुलुकहरुबीच फाटो ल्याउन शीतयुद्ध गर्ने, एकअर्कालाई अस्वीकार गर्ने धम्की दिनेजस्ता गतिविधिले कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल नहुने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै राष्ट्रपति सीले अमेरिकाप्रति लक्षित गर्दै एक अर्का मुलुकको अस्थित्व स्वीकार गर्नुपर्नेमा बताए ।

अन्तर्राष्ट्रिय समाजले दीर्घकालीन दृष्टिबाट प्रतिवद्धतालाई व्यवहारमा उतार्दै विकासोन्मुख मुलुकका लागि आवश्यक समर्थन दिनुपर्ने भन्दै उनले विकासोन्मुख मुलुकको उचित विकास अधिकारलाई प्रत्याभूति दिनुका साथै हक अधिकार, अवसर र नियमहरुको निष्पक्षरुपमा पालना गर्नुपर्ने बताए ।