logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको ओडिसामा भ्यान दुर्घटना हुँदा ९ जनाको मृत्यु


अंकुरण खबर
2.548K
Shares

भारतको ओडिसामा भएको भ्यान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

कोरापुट जिल्लास्थित कोटपुतमा गएराति भएको दुर्घटनमा अन्य १३ जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । ओडिसाको सिन्धीगुडा गाउँबाट छत्तीसगढ राज्यको कुल्टा जाँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।

प्रहरीले भ्यान आफैं अनियन्त्रित भएर रूखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ । एजेन्सी