उत्तरपश्चिम सिरियामा कार बम विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
श्रृंखलावद्ध रुपमा भएका विस्फोटमा परेर कम्तिमा २९ जना घाइते भएका छन् ।
विद्रोही लडाकूहरुको नियन्त्रणमा रहेका क्षेत्रमा बम विस्फोट गराइएको हो । सरकार समर्थक प्रदर्शनकारीहरुमाथि आक्रमण भएपछि गोली हानाहान समेत भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा केही समययता निरन्तर आक्रमण भइरहेको छन् । एक महिनाको बीचमा १२ भन्दा बढी ठाँउमा विस्फोटका घटना भएका छन् ।
सिरियाका कुर्द समुदायका लडाकूहरुले सन् २०११ देखि जातीय युद्ध सुरु गरेयता हजारौं सिरियालीको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् । एजेन्सी