logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आङ सान सुकीको रिहा गर्न जापानको आग्रह


अंकुरण खबर
1.573K
Shares

जापानले सोमबार म्यान्मारको सेनालाई आङ सान सुकीलाई रिहा गर्न र प्रजातन्त्र पुनः स्थापना गर्न आग्रह गरेको छ ।

जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यान्मारमा लोकतान्त्रिक राजनीतिक प्रणाली छिटो पुनःस्थापना गर्न आग्रह गरेको बताइएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रियालाई पूर्ण रुपमा समर्थन गर्दै आएको र म्यान्मार पुनः पछाडी फर्केको यस कार्यको बिरोध गरेको जनाइएको छ । टोकियोमा सयौं प्रदर्शनकारीहरुले संयुक्त राष्ट्र युनिभर्सिटीबाहिर प्रदर्शन गर्दै सोमबार सेनाले नियन्त्रणमा लिएको  आङ सान सुकीको रिहाईको लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरेको छ ।

म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ठ राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ । जापानले लामो समयदेखि म्यान्मारसँग न्यानो सम्बन्ध राख्दै आएको र पर्याप्त सहायता र निजी लगानी गर्दै आएको छ । एजेन्सी