अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।
न्यूर्योकसहितका शहर हिमपातले प्रभावित भएका हुन । न्यूयोर्क सिटीमा ४३ सेन्टिमिटरसम्म हिउँ जमेको छ ।
न्यूजर्सी, पेन्सिलभेनियासहितका क्षेत्रमा पनि ४८ सेन्टिमिटरसम्म हिउँ जमेको छ । न्यूयोर्क र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ ।
न्युयोर्कका नगरप्रमुखले अत्यावश्यकबाहेक अन्यलाई घरबाट ननिस्कन भनेका छन् । सरकारी बिद्यालय मंगलबारदेखि बन्द गर्ने निर्णय भएको छ ।
हावाको गति ८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र त्यसले गर्दा हिउँ आँधी आउन सक्ने चेतावनी अमेरिकाको राष्ट्रिय मौसम सेवाले दिएको छ । पूर्वी क्षेत्रका हवाई सेवा बन्द गरिएको छ । हिमपातका कारण कोरोना भाइरसविरुद्धको खोप अभियान समेत प्रभावित भएको छ । एजेन्सी