logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जेफ बेजोसले यस वर्षको अन्तिममा अमेजनको सीइओ पदबाट राजीनामा दिने


अंकुरण खबर
897
Shares

अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले यस वर्षको अन्तिममा प्रमुख कार्यकारी पद ‘सीइओ’ बाट राजीनामा दिने घोषणा गरेका छन् ।

बेजोस आगामी जुलाई एकदेखि कम्पनीको कार्यकारी अध्यक्षको भूमिकामा मात्रै रहने भएका हुन् । बेजोस स्थापनाकालदेखि नै अमेजनको सिइओ थिए ।

सन् १९९५ मा बेजोसले खोलेको अमेजनको बजार मूल्य १७ अर्ब डलर पुगेको छ । बेजोसले कोरोना भाइरसको महामारीबीच ७२ अर्ब डलर सम्पत्ति जोडेका छन । उनी २०२० मा संसारका सबैभन्दा धनी व्यक्ति थिए ।

केही समय अघि बेजोसको सम्पत्ति २ सय अर्ब डलरभन्दा माथि थियो । अहिले उनीसँग १ सय ८७ अर्ब डलर छ । उनले सामाजिक काममा पनि खर्च गर्दै आएका छन् ।

अमेजनको नयाँ ‘सीईओ’ एन्डी ज्यासी हुने बताइएको छ । बेजोसले राजीनमा दिने घोषणा गरेपनि अमेजनको सेयरमा केही असर परेको छैन । एजेन्सी