logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कीर्गिस्तानमा ४१ वर्षे तन्नेरी बने प्रधानमन्त्री


अंकुरण खबर
1.677K
Shares

कीर्गिस्तानमा ४१ वर्षे तन्नेरी प्रधानमन्त्री बनेका छन् । त्यहाँको संसदले उलुक्बेक मरिपोभलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको हो ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टिङ चेम्बरको अध्यक्ष थिए । गत जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडिर जापारोभले राजीनामा दिएपछि मरिपोभले अवसर पाएका हुन् ।

जापारोभ राष्ट्रपतिको निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन् ।  मारिपोभ कीर्गिस्तानको ३३ औं प्रधानमन्त्री भएका छन् । कीर्गिस्तानले आगामी अगष्ट ३१ मा तीसौं स्वतन्त्रता दिवस मनाउँदै छ ।

उक्त संसद् बैठकमा बोल्दै मरिपोभले नयाँ संरचना र कार्यक्रमहरुले सामाजिक तथा आर्थिक समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ संरचनाअनुसार त्यहाँ मन्त्रिपरिषद्को संख्या पनि घटाइएको छ । एकजना उपप्रधानमन्त्रीसहित १६ जना मन्त्री रहने छन् ।  एजेन्सी