logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतलाई चीनको चेतावनी : सीमामा फेरि झडप हुनसक्छ


अंकुरण खबर
3.159K
Shares

चीनले भारतलाई दुई देशबीचको सीमामा फेरि झडप हुनसक्ने चेतावनी दिएको छ ।

सीमा क्षेत्रको नियन्त्रण रेखा ‘एलएसी’ मा भारतले बारम्बार नियम उलग्घन गरेको भन्दै चीनले यस्तो चेतावनी दिएको हो ।

भारतले नियम उलग्घन गरेकै कारण झडपको स्थिति निम्तिएको चिनियाँ विदेश मन्त्रालयको भनाइ छ । विदेश मन्त्रालयले भारतलाई दुई देशबीच भएको सम्झौता इमान्दारिताका साथ पालना गर्न र सीमावर्ती क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्न आग्रह गरेको छ ।

भारतीय सेनाका अवकास प्राप्त एक रथी विके सिंहले केही दिनअघि भारतीय सेनाले चीनमाथि ५० पटक आक्रमण गरेको दावी गरेका थिए ।

दुई देशबीच सीमा विवादका विषयमा विगतमा पनि भिडन्त हुने गरेको थियो । गत जुनमा लद्दाख मा भएको झडपमा वीस जना भारतीय सैनिकको मृत्यु भएपछि दुईदेशविच तनाव बढदै गएको छ । एजेन्सी