logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानमारमा सर्वसाधारणसहित भिक्षुहरु पनि सडकमा, प्रहरीद्वारा प्रदर्शनकारीमाथि गोली प्रहार


अंकुरण खबर
1.027K
Shares

सेनाले पुनः शासन सत्ता हातमा लिएपछि म्यानमारमा राजनीतिक संकट गहिरिँदै गएको छ । निषेधाज्ञाको उल्लघंन गर्दै सैन्य कू को विरोधमा हजारौं नागरिक सडकमा ओर्लिएपछि संकट थप गहिरिएको हो ।

प्रदर्शनमा उत्रिएका प्रदर्शकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शन हिंसात्मक बन्ने अनुमान गरिएको छ । प्रहरीले राधानी नेदिपअमा प्रदर्शनमा सहभागी भएकाहरुमाथि रबरको गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनमा सेनाले प्रतिबन्ध लगाएको भए पनि हजारौँ नागरिक त्यसको अवज्ञा गरि प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोलीसँग पानीको फोहोरा तथा अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रहरीको कुटाइबाट प्रदर्शनकारी घाइते हुन थालेका छन् ।

गएको हप्ता निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले समूहमा भेला हुन प्रतिबन्ध लगाएको छ भने रातिको समयमा कर्फ्यू लगाएको छ ।

सेनाले सत्ता हातमा लिएर एक वर्षका लागि संकटकाल घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

पेशाकर्मी, सर्वसाधारणसहित बौद्ध भिक्षुहरु पनि सेनाको कदमविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । भिक्षुहरु पनि प्रदर्शनमा आएपछि सेना दवाबमा परेको छ ।