logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या


अंकुरण खबर
1.183K
Shares

भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ ।

हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो ।

घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।