जापानमा सात दशमलव एक म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ५० जना घाइते भएका छन् ।
शनिवार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ भूकम्प गएको हो ।
भूकम्पका कारण दर्जनौ घरहरुमा क्षति पुगेको छ । टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ । तर फुकुशिमा आणविक केन्द्रमा भने कुनै क्षति नभएको बताइएको छ ।
भूकम्प लगत्तै दुई वटा पराकम्प समेत गएका छन् । सन् २०११ मा फुकुशिमामा भूकम्प र लगत्तै आएको सुनामीका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो । एजेन्सी