भारतको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान ६० जना यात्रु रहेको बस दुर्घटना नहरमा खस्दा ३५ जनाको मृल्यु भएको हो ।
सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो ।
अझै १८ जना हराइरहेको र तिनीहरुको खोजी कार्य रहेको जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।