logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगलादेशमा ५ जनालाई मृत्यूदण्ड


अंकुरण खबर
1.014K
Shares

बंगलादेशको अदालतले ५ जनालाई मृत्यूदण्डको सजाँय सुनाएको छ ।

६ बर्षअघि अमेरिकाको नागरिकता भएका बंगलादेशी नागरिक अभिजीत रोयको हत्या गरेको अभियोगमा उनिहरुलाई मृत्यू दण्ड सुनाईएको हो । एक जनालाई भने आजिवन कारावासको संजाय सुनाईएको छ ।

ब्लगको माध्यमबाट धार्मिक कट्टरपन्थीहरुको बिरोध गरेकोमा अभिजीत र उनकी धर्मपत्नी ढाका पुस्तक महोत्सवबाट घर फर्कने क्रममा सन २०१५ को फेब्रेवरीमा अभिजीतको अपहरण गरी हत्या गरिएको थियो । यसै क्रममा ब्लगर समेत रहेकी उनकी पत्नी रफिदा अहमदको मुठमेडमा औंला गुमेको थियो ।