logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्ष दिनपछि सार्वजनिक कार्यक्रममा देखिइन् उत्तरकोरियाली नेता उनकी श्रीमती


अंकुरण खबर
767
Shares

उत्तर कोरियाका नेता किम जोङ उनकी श्रीमती एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार रि सोल जु श्रीमान् किमसँगै मंगलबार एक कार्यक्रममा उपस्थित भएकी हुन् ।

किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पूर्व नेता किम जोङ इलको जन्मोत्सव कार्यक्रममा किमकी श्रीमती रि देखिएकी हुन् । लामो समय रि सार्वजनिक रुपमा नदेखिदा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न शंका व्यक्त गरिँदै आइएको थियो ।

महत्वपूर्ण कार्यक्रमहरुमा नेता किमसँगै देखिने गरेकी रि गत वर्षको जनवरी यतादेखि सार्वजनिक रुपमा देखिएकी थिइनन् ।रि को उपस्थितिले उनीमाथि गरिएको गर्भावस्था वा स्वास्थ्य अवस्थाको शंकालाई टारिदिएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर विभागले भने कोरोना महामारीका कारण रि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएको छ । साथै, आफ्ना बालबच्चासँग समय बिताउनका लागि पनि बाहिर नदेखिएको बताइएको छ ।

उत्तर कोरियाका अधिकारीहरुले अहिलेसम्म देशभित्र कोरोना भाइरस संक्रमण कसैलाई पनि नदेखिएको दावी गर्दै आएका छन् । तर विज्ञहरुले भने यसलाई असम्भव भनेका छन् । एजेन्सी