logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोनाल्ड ट्रम्पको ३४ तलाको होटल यसरी भत्काइयो (भिडियोसहित)


अंकुरण खबर
793
Shares

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ३४ तलाको एउटा होटललाई भत्काइएको छ।

एटलान्टा सिटीस्थित न्यु जर्सीमा रहेको होटललाई ३ हजार डाइनामाइट स्टिक विस्फोट गराई भत्काइएको हो।

सन् १९८४ मा निर्माण गरिएको उक्त भवन बुधबार भत्काइएको एनबीसी न्युजले जनाएको छ।

उक्त होटल क्यासिनोको लागि निकै प्रचलित थियो। त्यहाँ विश्वका चर्चित सेलिब्रिटीहरु जाने गर्दथे। तर सन् २००९ मा आर्थिक मारमा परेर टाटपल्टिएको बताउँदै ट्रम्पले उक्त होटलसँगको सम्बन्ध त्यागेका थिए।

सन् २०१४ मा आएर उक्त होटल बन्द हुन पुगेको थियो। त्यसयता उक्त होटल खाली थियो।

बुधबार बिहानै अमेरिकी समयअनुसार ९ बजेर ८ मिनेटमा होटल भत्काइएको जनाइएको छ। २० सेकेन्ड भित्र होटल भत्किसकेको थियो। एजेन्सी

भिडियोसहित: