logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानमारमा करिब ५ सय प्रदर्शनकारी पक्राउ


अंकुरण खबर
1.235K
Shares

म्यानमारमा सैन्य ‘कू’को विरोधनमा उत्रिएका करिब ५ सय प्रदर्शनकारी पक्राउ परेका छन् भने सेनाको निर्देशन पालना नगर्नेलाई पक्राउ गर्न त्यहाँको सेनाले आदेश दिएको छ ।

करिब ४९५ जना राजनीतिक नेता, अभियान्ता तथा प्रदर्शनकारीहरुलाई पक्राउ गरी हिरासतमा र जेल चलान गरिएको बताइएको छ । म्यानमारको राजनीतिक कैदीहरुको सहयोग संघ ‘एएपिपि’ले पछिल्लो दुई सातामा देशमा भएका नजरबन्द गरिएकाको ट्रयाकिङ गरिरहेको छ ।

म्यानमारमा गत फेब्रुअरी १ मा भएको सैनिक ‘कू’को विरोधमा उत्रिएका तीन जनालाई दुई वर्षको सजाय तोकिइसकेको छ भने एक जना अर्को प्रदर्शनकारीलाई तीन महिनाको जेल सजाय सुनाइएको संघले जनाएको छ । हाल करिब ४६० जना हिरासतमा रहेको पनि जनाएको छ ।

पछिल्ला दिनहरुमा भएका गिरफ्तारीहरुमा मन्डले राज्यका एक क्षेत्रीय पर्यावरणमन्त्री पनि रहेका छन् भने चार ट्रेन अपरेटर र अन्य दुईलाई सेनाद्धारा गिरफ्तार गरिएको छ र राखिने राज्यबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको रिपोर्ट छ ।

यद्यपि, एएपिपिको उक्त सूचिमा ती ६ जना सेलिब्रेटीहरुको नाम राखिएको छैन, उक्त रेलिब्रेटीहरुमाथि सरकारी कार्यालयहरुलाई लक्षित गरेको आरोप लगाइएको छ, जसमा उनीहरुलाई दुई वर्षसम्मको जेल सजाय हुनसक्छ । एजेन्सी