logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोस्रो पटक छोराको आमा बनिन् करिना कपुर


अंकुरण खबर
1.17K
Shares

भारतीय चलचित्र उद्योग (बलिउड) अभिनेत्री करिना कपुर पुनस् आमा बनेकी छन् ।

करिनाले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् ।

करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । शनिबार बिहान उनले शिशुलाई जन्म दिएकी हुन् ।

भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।