logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस संक्रमाण सुरु भएदेखि यता अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ।


अंकुरण खबर
1.339K
Shares

अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ।

सन् २०२० फेब्रुअरीमा अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो। एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ।

‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौ ’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले भने।

अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नहेको बताइन्छ।

तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ। यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन्।

त्यसैगरी  एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ।