logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा खोप अभियान शुरु


अंकुरण खबर
1.053K
Shares

अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ ।

भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो । अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने छ ।

राष्ट्रपति अश्रफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए ।

अफगानिस्तानमा करिब ५५ हजार ६०० व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४३० जनाको मृत्यु भएको थियो ।