logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले पाकिस्तानलाई दियो भारतीय हवाईमार्ग प्रयोगको अनुमति


अंकुरण खबर
2.34K
Shares

भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछि दुई देशबीच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक लगाएका थिए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका लागि भारतको एयर–स्पेस प्रयोग गर्न अनुमति मागेपछी भारतले अनुमति दिएको हो ।

भारत सरकारको यो कदमप्रति पाकिस्तानले स्वागत गर्दै भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ । एजेन्सी