logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायिका गागाको घरका कुकुर घुमाउनेमाथि गोली प्रहार, दुई कुकर चोरी


अंकुरण खबर
1.391K
Shares

चर्चित गायिका तथा अभिनेत्री लेडी गागाको घरपालुवा कुकुरलाई घुमाउने जिम्मा पाएका रायन फिसरलाई बुधबार लस एन्जलसमा एक व्यक्तिले गोली हानेका छन् ।

फिसरमाथि गोली प्रहार गरेर ती आक्रमणकारीले गागाका कोजी र गुस्ताव नाम गरेका दुई फ्रेन्च बुलडग (कुकुरको जात) चोरेका छन् ।

गोली लागेर घाइते भएका फिसर अहिले अस्पतालमा छन् । तर, उनको अवस्थाबारे भने कुनै खबर सार्वजनिक भएको छैन । खबरका अनुसार सेमि–अटोमेटिक ह्यान्ड गनले फिसरमाथि आक्रमण गरिएको थियो ।

मिस एसिया नाम गरेको एउटा कुकुर भने हमलाबाट बचेर भाग्न सफल भएको छ । प्रहरीले त्यो कुकुरलाई गागाको जिम्मा लगाइसकेको छ ।

कुकुरको जानकारी दिनेलाई पाँच लाख डलर

लेडी गागाले आफ्नो हराएका दुईवटा कुकुरको बारेमा जानकारी दिनेलाई पाँच लाख डलर पुरस्कार दिने घोषणा गरेकी छिन् । गुस्ताव (हराएको कुकुर) गागाको परिवारमा जोडिएको नयाँ सदस्य हो । उनले सन् २०१६ मा तीनवटा कुकुरलाई ‘अडप्ट’ गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै हराएको कुकुरको जानकारी दिनेलाई पाँच लाख पुरस्कारको घोषणा गरेकी हुन् । गागा अहिले रोममा छायांकनमा छिन् । नवभारत टाइम्सबाट