logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमिताभ बच्चनले गराए आँखाको अप्रेसन


अंकुरण खबर
1.469K
Shares

बलिउड अभिनेता अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरिएको छ ।

बलिउड हंगामाले उनले नजिकका मित्रलाई उदृत गर्दै जनाए अनुसार बच्चनको आँखाको अप्रेसन गरिएको हो । उनको लेजर अप्रेसन गरिएको दाबी समाचारमा गरिएको छ ।

यसअघि शनिवार वच्चनले आफ्नो स्वास्थ्यबारे सामाजिक सञ्जालबारे जनाकारी दिएर अप्रेसन गर्नुपर्ने मेडिकल कन्डिसन रहेको जानकारी दिएका थिए । तर उनले के को अप्रेसन गर्ने हो भन्नेबारेमा भने खुलाएका थिएनन् ।

उनले सामाजिक सञ्जालमा स्वास्थ्यबारे जानकारी गराएसँगै शुभेक्षुक शुभचिन्तकले स्वास्थ्य लाभको कामना गरेका थिए ।

वच्चनका साथीले भनेका छन् , ’त्यस्तो ठूलो केही होइन। मोतीबिन्दु हटाउन लेजरमार्फत आखाँको सर्जरी गरेको हो। उनी अबको २४ घण्टामा घर फर्कने छन्।’ अमिताभ सफल शल्यक्रिया गराइ सोमबार घर फर्कने बताइएको छ।