logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक महिनामा पहिलो पटक देखिइन् सुकी


अंकुरण खबर
1.56K
Shares

म्यान्मारमा सैनिक कू भएको एक महिनापछि पहिलो पटक नेत्री आङ सान सुकी देखिएकी छन्।

उनी सोमवार भिडिओ लिङ्कमार्फत राजधानीको एक अदालतमा उपस्थित भएकी हुन्।

उनीमाथि विनाअनुमति वाकीटकी सेट आयात गरेको, कोभिडसम्बन्धी प्रतिबन्धहरू पालना नगरेको र डर पैदा गर्न सक्ने सूचना प्रकाशित गरेको आरोप लगाइएको छ।

याङ्गुनमा रहेका बीबीसी सम्वाददाताले ती अभियोगहरू सामान्य देखिए पनि त्यसले उनलाई कुनै पदभार ग्रहण गर्न रोक लगाउन सक्छ।

आइतवार मात्रै म्यान्मारमा हिंसात्मक बनेको प्रदर्शनमा प्रहरीको गोलीबाट १८ जनाको मृत्यु भएको थियो।

याङ्गुनमा सोमवार पनि प्रदर्शन भइरहेका छन्।