logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुकीलाई भिडियोमार्फत अदालतमा उपस्थित गराइयो, दुई वटा अभियोग थप


अंकुरण खबर
1.56K
Shares

म्यानमारको सैन्य सरकारले सत्ता हातमा लिएर नजरबन्दमा राखेकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई भिडियोमार्फत अदालतमा उपस्थित गराएको छ।

गत फेब्रुअरी १ तारिखदेखि सैन्य सरकारलाई सु कीलाई नजरबन्दमा राखेको छ। सुकीका कानुन व्यवशायीका अनुसार उनीमाथी दुई वटा आरोप थप गरिएका छन्।

यसअघि उनीविरुद्ध दुई वटा अभियोग थियो। जनतालाई आतङ्कित बनाउने सुचना दिएको र दुर सन्चारसँग सम्बन्धित एक गरि दुईवटा अभियोग थपिएको सुकीका कानुन व्यवशायीलाई उदृत गर्दै द गार्जियनले जनाएको छ।

ती आरोपमा दोषी ठहर भए सुकीले आगामी निर्वाचनमा उमेद्ध्वार बन्न नपाउने द गार्जियनले उल्लेख गरेको छ। सुकी स्वस्थ्य देखिएपनि केही दुब्लाएको हुन सक्ने उनका कानुन व्यवशायीले बताएका छन्। अब आगामी मार्च १५ तारिख सुनुवाई हुने छ।

यसअघि गैह्रकानुनीरुपमा वाकीटकी राखेको र प्राकितिक प्रकोप व्यवस्थापन एेन उल्लंघन गरेको आरोप यसअघि सुकीविरुद्ध लगाइएको थियो।