logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीलंकामा दुष्ट आत्मा भगाउने भन्दै लौरीले कुटिएकी बालिकाको मृत्यु


अंकुरण खबर
988
Shares

श्रीलंकामा दुष्ट आत्मा भगाउने भन्दै स्थानीय मान्यता अनुसार लौरीले कुटिएकी ९ वर्षकी बालिकाको मृत्यु भएको छ।

बालिकामा पसेको दुष्ट आत्मा भगाउन भन्दै कुटपिट गर्न लगाउने बालिकाकी आमा र सो रीति गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई सोमबार अदालत उपस्थित गराइएको श्रीलंकन प्रहरीले जनाएको बिबिसीमा उल्लेख छ।

छोरीलाई राक्षसी आत्माले गाँजेको विश्वास गरेर आफूले स्थानीय ‘जान्ने’ महिलालाई दुष्ट आत्मा निकाल्न लगाएको बयान आमाले दिएको प्रहरीले जनाएको छ।

दुष्ट आत्मा भगाउन भन्दै गरिएको रीतिको क्रममा लौरीले कुटिएकी बालिका बेहोस भएकी थिइन्।

त्यसपछि अस्पताल लगिएकी ती बालिकाको उपचारको क्रममा ज्यान गएको हो। यो घटना राजधानी कोलम्बोबाट ४० किलोमिटर परको डेलोडामा भएको हो।