बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि उनकै पूर्व प्रेमीका अंकिता लोखण्डेको बारेमा सुशान्तका फ्यानहरुले धेरै ट्रोल गरे । केही फ्यानहरुले त सुशान्तलाई अंकिताले छोड्नु नै ठूलो गल्ती भएको बताए ।
सुशान्तको मृत्यु भएको करिब एक वर्ष पुग्न लाग्यो तर पनि अंकिताको नाममा फ्यानहरुले ट्रोल गर्ने क्रम नरोकिएपछि अंकिताले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेकी छन् ।
उनले सामाजिक सजालमा लाइभ आएर भनेकी छन्–मलाई जे कुरा राम्रो लाग्दैन म त्यसलाई फलो गर्दिन । साथै म अर्काको अकाउन्टमा गएर कसैललाई गाली गर्दिन । मलाई कसले के ट्रोल गरे भन्ने विषयले केही प्रभाव गर्दैन तर मेरो परिवार यस कुराले प्रभावित हुन्छन् ।’
अंकिता अगाडी भनिन्–‘मानिसहरु ट्रोल किन गर्छन रुमैले त्यस्तो के गल्ती गरेको छु र म माथि विभिन्न आरोप लगाइन्छ । जो मान्छेहरुले मेरो र सुशान्तको सम्बन्धको बारेमा आरोप लगाइ रहेका छन् । सायद उनीहरुलाई नै मेरो वास्तविक कहानी केही थाहा छैन । सुशान्त जहिले अगाडी बढ्न चाहन्थे । उसले त्यही गरे । उनको जीवन यतिसम्म नै थियो अब किन सबै आरोप मलाई लगाई रहेका छन् ?’
सुशान्त र अंकिताको प्रेम कहानी टिभी सिरियल पवित्रा रिश्ताबाट भएको थियो । त्यसपछि ६ वर्षसम्म उनीहरु लिभिङ रिलेसनमा थिए । सन् २०१६ मा उनीहरु बीचको सम्बन्ध टुटेको थियो ।