logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सलमानमाथि प्रतिबन्ध नलगाउँदा बाइडेन आलोचित


अंकुरण खबर
858
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले साउदी साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) माथि प्रतिबन्ध नलगाउने निर्णयको बचाउ गरेको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रिय खुफिया निर्देशनालयले पत्रकार जमल खसोग्गीको हत्या अपरेसनमा साउदी राजकुमार सलमानको संलग्नता रहेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

उक्त रिपोर्ट सार्वजनिक भएपछि फेब्रुअरी २६ मा अमेरिकी विदेश विभागले ७६ साउदी अधिकारीहरूमाथि आर्थिक र भ्रमण प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धित साउदी अधिकारीको सुचीमा पत्रकार खसोग्गीको हत्यामा संलग्न भएकाहरू पनि राखिएका छ तर, राजकुमार सलमानको नाम भने छैन ।

राजकुमार सलमानमाथि प्रतिबन्ध नलगाउने निर्णयको बचाउ गर्दै सोमबार अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले, ‘हामी साउदी र अमेरिकी सम्बन्ध सही चरणमा राख्न काम गरिरहेको’ बताएका छन् ।

‘यदि बाइडेन प्रशासनले एमबीएसमाथि प्रतिबन्धका नाममा केही बढी र कठोर कदम चालेको भए यसले रियाद (साउदीको राजधानी)मा अमेरिकी प्रभावको ह्रास गर्ने थियो’ उनले भने ।

एमबीएसमाथि प्रतिबन्ध नलगाउने बाइडेन प्रशासनको वासिङ्टन पोस्टका प्रकाशकले कडा आलोचना गरेका छन् । बाइडेन प्रशासनले खसोग्गी हत्याको विषयमा साउदीले मूल्य तिर्ने भन्दै गरेको वाचा भंग गरेको आरोप समेत उनले लगाएका छन् । एजेन्सी