logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्युजिल्यान्डमा ७.२ म्याग्निच्युटको भूकम्प, उत्तरी तटीय क्षेत्रमा सुनामीको चेतावनी


अंकुरण खबर
663
Shares

न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ ।

जिस्बन शहरवाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइ केन्द्रविन्दु भएर तीनपटक भुकम्प गएको हो ।

भुकम्पपछि उत्तरी टापुहरुको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । सो क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन सरकारले आग्रह गरेको छ । सरकारको आग्रहसँगै सो क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सरेका छन् ।

भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको छ । सो क्षेत्रमा १० फिटभन्दा माथिसम्म पानीका छालहरु आएकाले थप क्षति हुन नदिन सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको हो ।

भूकम्पपछि पेरु, इक्वेडर र चिलीलगायतका राष्ट्रहरु सुनामीबाट प्रभावित हुने अनुमान गरिएको छ । न्यूजिल्याण्डमा प्राय भुकम्प गइरहन्छ । एजेन्सी