logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१८ वर्षीया छोरी केटासँग बसेको देखेपछि गर्धन छिनाएर टाउको लिएर चौकी पुगे बुवा


अंकुरण खबर
1.079K
Shares

€भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक व्यक्तिले आफ्नै छोरीको हत्या गरेर टाउँको लिएर प्रहरीकहाँ पुगेका छन् ।

ति व्यक्ति १८ वर्षीया छोरीको गर्धन छिनाई टाउको लिएर प्रहरी कार्यालय पुगेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

छोरीको काटिएको टाउकोसहित महिला थाना पुगेर उनले प्रहरीसमक्ष आफूले हत्या गरेको बताउदा प्रहरी आश्चर्यमा परेको छ । छोरीको हत्या गरेपनि उनको अनुहारमा एकरत्ति पनि पश्चाताप नदेखिएको प्रहरीले जनाएको छ।

उनले छोरीलाई एक केटासँग आपत्तिजनक अवस्थामा फेला पारेकाले हत्या गरिदिएको बयान दिएका छन् ।

छोरीको काटिएको टाउको उनले कुनै कपडाले नढाकीकन खुलै लगेका थिए। जसको संवेदनाहीन कुकर्मको तस्बिर भाइरल भएको छ।

उनले दुई दिनदेखि छोरीको हत्या गर्ने योजना बनाएको समाचारमा जनाइएको छ ।

नवभारत टाइम्सका अनुसार ती क्रूर पिताको नाम हो– सर्वेश, जो हरदोई जिल्लाको मन्झिला थाना क्षेत्रमा पर्ने पान्डेतारा गाउँका बासिन्दा हुन्। उनले २ दिनअघि छोरीलाई गाउँकै आदेश नामका केटासँग आपत्तिजनक अवस्थामा देखेका थिए।

त्यसबेला भने उनी चुपचाप बसे। तर बिहीबार जब उनकी पत्नी खेतमा गइन्, तब छोरी घरमा एक्लै भएको मौका पारेर उनले धारिलो हतियारले छोरीको टाउको काटे। अनि त्यो टाउको बोकेर प्रहरी कार्यालय पुगे।

सर्वेशले प्रहरीसमक्ष भने, ‘साहेब, मैले आफ्नी छोरीको घाँटी काटिदिएँ।’ उसको कुरा सुनेर प्रहरी पनि आश्चर्यमा परे। त्यसपछि थानाबाट प्रहरी टोली घटनास्थल पुग्यो। जहाँ रगतले भिजेर उनकी छोरी लडिरहेकी थिइन्। त्यसपछि प्रहरीले हत्या मुद्दा दर्ता गरी ती बाबुलाई नियन्त्रणमा लिए।