logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेमी रणवीर कपूर कोरोना संक्रमित भएपछि आलिया भट्ट क्वारेन्टीनमा


अंकुरण खबर
2.132K
Shares

बलिउडका दिग्गज फिल्म निर्देशक सञ्जय लीला भन्साली र अभिनेता रणवीर कपूर कोरोनाभाइरस संक्रमित भएका छन् ।

दुवैको रिपोर्ट पोजिटिभ आएको छ ।

आलिया भट्टले दुवैजनासँग काम गरिरहेकी थिइन् । सञ्जयसँग गंगूबाई काठियावाडी र रणवीरसँग ब्रह्मास्त्रमा उनले काम गरिरहेकी थिइन् ।

उनीहरू कोरोना पोजिटिभ आएपछि आलिया पनि सावधान भइन् र सेल्फ क्वारेन्टीनमा गइन् । उनी घरैमा क्वारेन्टीन गरिरहेकी छन् ।

उनले कोरोना टेस्ट पनि गराइन् तर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रेमी रणवीरका लागि उनले इन्स्टाग्राममा प्रेरणास्पद उद्धरण पनि राखेकी छन् । उनले लेखिन्, ‘हामी जे सहँदै जान्छौं, त्यसैमार्फत अघि बढ्छौं । उनले ह्याशट्यागमा द गूड वर्ड पनि लेखिन् । एजेन्सी