logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा एकैदिन कोरोनाबाट २,२३३ को मृत्यु


अंकुरण खबर
1.456K
Shares

कोरोनाबाट अति प्रभावित देश ब्राजिलमा फेरि कोरोनाले धेरैको ज्यान लिन थालेको छ ।

गत २४ घण्टामा मात्रै ब्राजिलमा २,२३३ जना संक्रमितको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले दिएको खबर अनुसार कोरोनाको दोस्रो लहर आएपछि लगातार दोस्रो दिन ब्राजिलमा २ हजार भन्दा बढीको मृत्यु भएको हो । २४ घण्टामा ७५ हजार ४२१ नयाँ संक्रमित थपिएका छन् ।

कुल संक्रमित हुनेमा अमेरिका र भारतपछि विश्वमा ब्राजिल तेस्रो नम्बरमा छ । १ करोड १२ लाख ७७ हजार भन्दा धेरै संक्रमित पुगिसकेका छन् । ब्राजिलमा कोरोनाबाट करिब २ लाख ७३ हजार भन्दा बढीको मृत्यु भएको छ । एजेन्सी