अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उत्तर कोरियासँग सम्पर्कका लागि फेब्रुअरीदेखि लगातार प्रयास गरिरहेको तर कुनै प्रतिक्रिया नआएको बताइएको छ ।
दुवै देशबीच तनाव कम गर्ने प्रयासका लागि विभिन्न माध्यमबाट प्याङयाङ्गसँग सम्पर्क गर्ने वासिङ्टनको प्रयास असफल बनेको एक अमेरिकी उच्च अधिकारीले बताएका छन् ।
निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच तीन पटक खिशर सम्मेलन भएपनि त्यसबाट कुनै ठोस परिणाम आएको थिएन । उत्तर कोरियाको आणविक तथा परमाणु कार्यक्रमलाई लिएर अमेरिकासँग तनाव जारी नै छ ।
संयुक्त राष्ट्रसंघको उत्तर कोरियाली मिशन मार्फत् प्याङयाङ्गसँग संवाद गर्ने अमेरिकाले प्रयास गरिरहेको थियो ।
एक अमेरिकी अधिकारीका अनुसार, कोरियासँग वार्ताका लागि ‘थप्रै पटक प्रयास’ भइसकेको छ, तर १२ महिनाभन्दा लामो समय भइसक्दा पनि यस प्रयासको कुनै अर्थ रहेन, जसमा धेरै प्रयास ट्रम्पको अन्तिम कार्यकाल वर्षमा भएको थियो ।
राष्ट्रपति बाइडेनले उत्रर कोरियासँगको नीतिको समिक्षा गरिने बताइसकेका छन् । उता उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले भने अहिलेसम्म पनि जो बाइडेन अमेरिकी राष्ट्रपति हुन् भन्ने पत्तो पाएको छैन । एजेन्सी