logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानमार सेनाद्वारा थप जिल्लामा सैन्य कानुन लागू


अंकुरण खबर
741
Shares

म्यानमारमा सैन्य ‘कू’ विरुद्ध जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट आज सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागू गरेको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि आन्दोलन चर्कदैं गएको छ । हिजो मात्र सुरक्षाकर्मीको गोली लागि कम्तिमा ५० जनाको मृत्यु भएको थियो । नजरबन्दमा राखिएकी नेत्री आङ सान सूचीलाई अदालतमा पेश गर्ने तालिका भएको एक दिनअघि अहिलेसम्मकै ठूलो रक्तपात भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

तर सूचीलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको जनाइएको छ । प्रदर्शनकारीहरुले नेतृ सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइ र प्रजातन्त्र पुनर्वहालीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सेनाले निर्वाचनमा धांधली भएको आरोप लगाउंदै कू गरेको हो । तर त्यहाँको निर्वाचन आयोगले भने धाँधलीको कुनै प्रमाण नभेटिएको जनाएको छ ।