logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोनाको दोस्रो लहर, मोदीद्वारा चिन्ता व्यक्त


अंकुरण खबर
1.378K
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा पुनः फैलिरहेको कोरोना भाइरस महामारीबारे चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

मोदीले बुधबार कोरोनाको बढ्दो समस्या बारेमा राज्यका सबै मुख्यमन्त्रीहरुसँग बैठक गरेका हुन।

भर्चुअल बैठकमा प्रधानमन्त्री मोदीले सबै राज्यहरुलाई फेरि परीक्षण बढाउन तथा उपचारमा जोड दिन निर्देशन दिएका छन।

प्रधानमन्त्री मोदीले महाराष्ट्र, पंजाब, केरला लगायतका राज्यहरूमा बढ्दो कोरोनाका घटनाबारे चिन्ता व्यक्त गरे। ती राज्यका केहि ठाँउमा कोरोनाका घटना बढेपछि फेरि लकडाउन गरिएको छ।

मुख्यमन्त्रीहरुसँगको आजको बैठकमा प्रधानमन्त्री मोदीले केहि राज्यमा कोरोना संक्रमणका घटनामा उल्लेखनीय वृद्धि देखिएको भन्दै यो लहर नरोकिए यसको देशव्यापी प्रभाव देख्न सकिने भन्दै चिन्ता व्यक्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  ।

‘विश्वका धेरै देश कोरोनाका लहरबाट प्रभावित छन्, हाम्रा केहि राज्यहरुमा पनि घटनाहरु अचानक बढ्दै गएका छन्’ मोदीले छलफलमा भनेका छन्, ‘कोरोनाको यो उदाउँदो ‘दोस्रो लहर’लाई तुरुन्त रोक्नु पर्छ, यसका लागि तत्काल र निर्णायक कदमहरू चाल्नु आवश्यक छ।’