logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले दियो कोरोनाविरुद्धको चौथो खोपलाई अनुमति


अंकुरण खबर
676
Shares

चीनले कोरोना भाइरसविरुद्धको चौथो खोपलाई प्रयोगका लागि अनुमति दिएको छ।

खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको चीनको रोग नियन्त्रण केन्द्रले स्पष्ट पारेको छ।

केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले यो खोपलाई अन्तिम रूप दिएको हो। त्यसलाई अन्य नियामक निकायले गत हप्ता नै आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए।

आमनागरिकले प्रयोग गर्न सक्ने गरी अहिलेसम्म चीनमा तीन संस्थाले चार खोप विकास गरेका छन्। त्यस कार्यमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान संलग्न रहेको अधिकारीले जनाएका छन्।

खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत वर्षको अक्टोबरमा उज्ज्वेकिस्तान, पाकिस्तान र इन्डोनेसियामा गरिएको बताइएको छ।

यो खोप उज्ज्वेकिस्तानमा भने गत मार्च १ देखि नै प्रयोगका लागि अनुमति दिइएको छ। खोपबारे पर्याप्त विवरण भने सार्वजनिक गरिएको छैन। नियामक निकायहरूलाई भने आवश्यक विवरण उपलब्ध गराइएको कम्पनीका प्रवक्ताले स्पष्ट पारेका छन्। रासस