logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाखभन्दा धेरै


अंकुरण खबर
871
Shares

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५५ हजार ९०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख ८२ हजार १२७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २६ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७२ लाख ४३ हजार ६३९ जनामध्ये ८ हजार ७३२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै, पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ५४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७९२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५४ हजार ८१७ पुगेको छ ।