logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाको कोलोराडोमा गोली चल्दा १० को मृत्यु


अंकुरण खबर
1.157K
Shares

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको बुल्डर सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १० जनाको ज्यान गएको छ ।

बोल्डरका प्रहरी प्रमुख मारिस हेरोल्डका अनुसार किङ सोपरस सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार अपराह्न भएको गोलीबारीमा १० व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ ।

कोलोराडो गभर्नर जारेड पोलिसले १० व्यक्तिको ‘मूर्खतापूर्ण हत्या’ भएको भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

उनले भनेका छन्, ‘आज हामीले दुष्टको अनुहार देख्यौं । म, मेरो समुदाय र सबै कोलोराडोबासी शोकमा छों ।’

घाइतेहरूको उपचार भइरहेको छ ।

बोल्डर काउन्टीका जिल्ला वकिल माइकल डोगर्टीका अनुसार घटनाको अनुसन्धानमा स्थानीय, राज्य र संघीय सरकारका अनुसन्धान अधिकारीहरू सहभागी हुनेछन् ।