logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा आगलागी, एक हजार घर जल्यो


अंकुरण खबर
1.768K
Shares

बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएको छ ।

आगलागीमा केहीको मृत्यु भएका आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टि भएको छैन ।

बंगलादेशको काक्स बजारमा रहेको शिविरमा बनेका अधिकांश घरहरु बाँसका र काठको रहेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

११ लाख रोहिग्यां रहेको यो शिविरमा आगलागी भएपछि भागदौड मच्चिएको थियो ।

म्यानमारमा भड्केको हिंसासँगै लाखौंको संख्यामा रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका थिए । यसैबीच बंगलादेश सरकारले आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमा राखिएको छ ।