logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेक्सिकोमा कोरोनाबाट एकैदिनमा ८ सय भन्दा बढीको मृत्यु, मृतक २ लाख नजिक


अंकुरण खबर
910
Shares

मेक्सिकोमा एकैदिनमा ८ सय भन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मेक्सिकोमा ८ सय ९ जनाको मृत्यु भएको छ । योसंगैै मेक्सिको कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९९ हजार ४८ पुगेको छ ।

यस्तै, सो अवधीसम्म मेक्सिकोमा ५ हजार ८ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् भने कुल कोरोना संक्रमितको संख्या २२ लाख ३ हजार ४१ पुगेको छ ।

यस्तै,कुल कोरोना संक्रमितमध्ये मेक्सिकोमा १७ लाख ४४ हजार २६२ जना कोरोना मुुक्त भएका छन् र २ लाख ५९ हजार ७३१ सक्रिय संक्रमित रहेका छन् ।