logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु


अंकुरण खबर
1.092K
Shares

कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित मुलुक ब्राजिलमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ।

महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये मङ्गलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबार मात्रै ब्राजिलमा तीन हजार २५१ जनाको मृत्यु भएको देखिएको छ।

योसँगै ब्राजिलमा कारोनाभाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या दुई लाख ९८ हजार ६७६ पुगेको छ।

त्यसैगरी पछिल्लो एक दिनमा ब्राजिलमा कोरोनाभाइरसबाट ८२ हजार ४९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। ब्राजिलमा अहिलेसम्म कूल एक करोड २१ लाख ३० हजार १९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।