logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना अपडेट : ब्राजिलमा मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो


अंकुरण खबर
793
Shares

ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ।

स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको हो।

ब्राजिलमा गत २४ घण्टामा ८९ हजार ९९२ भन्दा बढी कोरोना भाइरसका संक्रमित विरामी भेटिएको जनाइएको छ। ब्राजिलका गत मंगलबार कोरोनाको प्रकोपबाट एकै दिनमा तीन हजार २५१ जनाको मृत्यु भएको थियो।

यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोनाबाट दुई हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो।

ब्राजिलमा पछिल्ला दिनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ। ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो।

पछिल्लो पटक ब्राजिलमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पाइएको छ।