logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना : ५९ हजार भन्दा बढीमा संक्रमण, २५७ जनाको मृत्यु


अंकुरण खबर
1.209K
Shares

भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ ।

एकैदिन संक्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिजो बिहीवार यो वर्षकै दोस्रो धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा भारतमा थप २५७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै ३५ हजार ९ सय ५२ जना नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ करोड १२ लाख ६२ हजार ५०३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेको छ ।