logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा लगातार दोस्रो दिन कोरोनाका ६२ हजारभन्दा बढी संक्रमित भेटिए


अंकुरण खबर
3.692K
Shares

भारतमा महिनौंपछि लगातार दोस्रो दिन २४ घण्टामा ६२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

अघिल्लो दिन भारतमा ६२,६३२ नयाँ संक्रमित भेटिए । यो पछिल्लो १६४ दिनको सबैभन्दा धेरै हो । यसअघि १५ अक्टोबरमा ६३,४४१ संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा २८,७२८ जना निको भएका छन् भने यो वर्ष पहिलो पटक एक दिनमा मृत्यु हुनेको संख्या बढेर ३१२ भएको छ ।

यस्तै कोरोनाका बढ्दो संक्रमणका बीच आज मध्यप्रदेशका १२ शहरमा लकडाउन गरिएको छ । यहाँ शनिबार राती १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३२ घण्टाको लकडाउन रहनेछ । एजेन्सी