logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियाको गिर्जाघरमा आत्मघाती आक्रमण हुँदा १४ घाइते


अंकुरण खबर
1.69K
Shares

पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ।

दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान आत्मघाती बम विष्फोट गराएको इन्डोनेसिया प्रहरीले जनाएको छ।

सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समय अनुसार आइतबार बिहान १०.३० बजे बम आक्रमण भएको थियो।

आक्रमणमा परी कम्तीमा १४ जना घाइते भएका प्रहरीले बताएको छ। राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले घटनामा संलग्नको खोजी जारी रहेको बताए।

मोटरसाइकलमा आएका दुई व्यक्ति गिर्जाघरभित्र प्रवेश गर्ने प्रयास गरे पनि सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेका थिए।