logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट विकास नभएको पुष्टी गर्न थप अनुसन्धान आवश्यक’


अंकुरण खबर
585
Shares

कोरोना भाइरस चीनको प्रयोगशालामा विकास गरिएको भन्ने भनाइलाई पूर्णरुपमा खारेज गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोजले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएको थ्यौरी पूर्णरुपमा अस्वीकार गर्नका लागि थप विस्तारित अनुसन्धानको खाँचो रहेको बताए ।

सन् २०१९ को अन्तिममा कोरोना भाइरस पहिलो पटक चीनको हुवेइ प्रान्तको वुहानमा भेटिएको थियो । त्यसयता सो भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ ।

चीन सरकारले भाइरस प्रयोगशालाबाट चुहावट भएको भन्ने कुरा अस्वीकार गर्दै आएको छ । केही पश्चिमा देश तथा वैज्ञानिकहरुले भाइरस प्रयोगशालाबाट मानिसमा फैलिएको आशंका गर्दै आएका छन् ।

तर अहिलेसम्मका अनुसन्धान तथा प्रमाणहरुले भाइरस वुहानको मासु बजारबाट मानिसमा फैलिएको देखिन्छ । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म २७ लाख भन्दा बढि मानिसको ज्यान गइसकेको छ । एजेन्सी