logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रनवीर पछि आलियालाई कोरोना संक्रमण


अंकुरण खबर
3.367K
Shares

भारतीय अभिनेत्री आलिया भटलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आलियाले बिहीबार राति सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू कोरोना पोजेटिभ भएको जानकारी गराएकी हुन् ।

डाक्टरको सल्लाह अनुसार स्वास्थ्य मापदण्ड अपनाएर उनी होम आइसोलेसन मै बसेको पनि उनको पोस्टमा उल्लेख गरिएको छ ।

केही समय अगाडि आलियाका प्रेमी रनवीर कपूर पनि कोरोना संक्रमित भएका थिए । उनी भने हाल संक्रमण मुक्त भईसकेका छन् । एजेन्सी