logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अक्षय कुमारलाई कोरोना संक्रमण


अंकुरण खबर
793
Shares

भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्रगतिमा फैलिरहेको छ।

दोस्रो लहरले बलिउड स्टार अमिर खान, आलिया भट्ट, आर माधवन, परेश रावल, कार्तिक आर्यन, रणबीर कपुर, सन्जय लीला भन्साली, सिद्धान्त चतुर्वेदी, बप्पी लहरी, सतिश कौशिकलाई ग्रस्त पारिसकेको छ।

अब यो सूचीमा अक्षय कुमारको नाम पनि सम्मिलित भएको छ।

अक्षय कुमारले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको बताएका छन्। ‘आज बिहानैबाट ममा कोरोना संक्रमण पुष्टि भएको छ। र, मैले आफूलाई आइसोलेट गरिकसकेको छु। मैले सवैखाले स्वास्थ्य सावधानी अपनाएको छु’, उनले लेखेका छन्।

उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

अक्षय कोरोना संक्रमण फैलिएको समयदेखि नै यसबाट जोगिने तरिकाबारे जानकारी दिइरहेका थिए। उनले आफूले पूर्ण स्वास्थ्य सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित हुन पुगेको बताएका छन्।