logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकै दिन एक लाख बढी संक्रमित, महाराष्ट्रमा मात्रै ५७ हजार नयाँ संक्रमित


अंकुरण खबर
962
Shares

भारतमा कोरोना भाइरसको संक्रमण पछिल्लो केही साता यता तीव्ररुपमा बढिरहेको छ ।

आइतबार मात्र भारतमा १ लाख भन्दा बढी कोरोनाको संक्रमित भेटिए ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा आइतबार एक लाख तीन हजार पाँच सय ५८ जना संक्रमित भेटिए। यो पछिल्लो समय एकै दिन संक्रमित देखिएको सबैभन्दा धेरै हो। आइतबार भारतमा थप चार सय ७८ जनाको कोरोनाले मृत्यु भएको छ।

ती मध्ये आधाभन्दा बढी संक्रमित महाराष्ट्रमा भेटिएका छन् । महाराष्ट्रमा आइतबार ५७ हजार ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। महाराष्ट्रमा आइतबार दुई सय २२ जनाको मृत्यु भएको छ। अहिलेसम्म त्यहाा ३० लाख भन्दाबढी मानिस संक्रमित भइसकेका छन्।

भारतमा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको छ ।

कोरानो संक्रमण तीव्र रुपमाप फैलिएपछि महाराष्ट्र सरकारले एक साताका लागि रातिमा लकाउन गरेको छ । सरकारले साँझ ८ देखि बिहान ७ बजेसम्म लकडाउन गरेको हो। यस्तै उडिसाले पनि विभिन्न १० जिल्लामा राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरेको छ ।